Rule 16
कामदार छनौट गर्ने आधार
(१) इजाजतपत्रवालाले नियम १५ बमोजिम पर्न आएका निवेदनहरूमध्येबाट देहायको आधारमा कामदारको छनौट गर्नु पर्नेछः–
(क) मागपत्रमा उल्लिखित योग्यता तथा तालिम र अनुभव,
(ख) निवेदकको उमेर तथा शारीरिक तन्दुरुस्ती,
(ग) दक्ष र अर्धदक्ष कामदारको हकमा सीपमुलक तालिम,
(घ) ऐनको दफा ९ बमोजिम महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा
दैवीप्रकोप पीडित व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको संख्यामा प्रदान गरिएको आरक्षण ।
(२) उपनियम (१) मा उल्लिखित आधारका अतिरिक्त कामदार छनौट गर्ने मापदण्ड तथा कार्यविधि सम्बन्धमा विभागले इजाजतपत्रवालालाई आवश्यक लिखित निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।